मलाई पनि सिकाइदेऊ तरिका / गुलजार / सुमन पोखरेल Lyrics in Hindi

मलाई पनि सिकाइदेऊ तरिका / गुलजार / सुमन पोखरेल Lyrics in Hindi

ए जुलाहा दाइ!
मलाई पनि सिकाइदेऊ तरिका।
 
डोरी बाट्दै गर्दा,
कुनै धागो चुँडियो भने
बाट्दाबाट्दै सकियो भने
बाँधेर फेरि
जोडेर टुप्पो अर्को धागोको
बाट्न थाल्छौ तिमी खुरुखुरु।
तिम्रो त्यो डोरीमा; तर
देखिँदैन बुनाइको एउटै गाँठो पनि।
 
मैले त बुनेथेँ केवल एकपल्ट एउटै नाता
तर त्यसका भएभरका गाँठाहरू
छर्लङ्गै देखिन्छन् परैबाट।

…………………………………………….
इस कविता का मूल हिन्दी पढ्ने के लिए यहाँ क्लिक करेँ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *